☰ open Loading... 4 March 2025|  

वीरेन्द्रनगरमा जुवाडे पक्राउ
  | १९ कार्तिक २०७७, बुधबार १७:५३

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा ५६ हजार रूपैयाँसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–७, स्थित निर्मला शाहीको घरबाट जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो।

३५ वर्षीया निर्मला शाही, ३१ वर्षीय खगेन्द्र खत्री, २९ वर्षीय चेतन आचार्य, सोही नगरपालिका वडा नम्बर ८ का ३२ वर्षीय जीवन सुनार, वडा नम्बर ९ का २५ वर्षीय प्रवेश गुरुङ, वडा नम्बर ३ का ३६ वर्षीय खम्बबहादुर शाही र वडा नम्बर ६ का ३२ वर्षीय निराजन शाहीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए।

उनीहरूको साथबाट ५६ हजार ६ सय १० रूपैयाँसमेत बरामद गरिएको उनले बताए। उक्त विषयमा थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको।