☰ open Loading... 17 November 2024|  

मेहेलकुना अस्पतालमा अहिलेसम्मकै ठुलो अप्रेशन
  | २० कार्तिक २०७७, बिहीबार १८:१९

सुर्खेत-सुर्खेतको मेहेलकुना अस्पतालमा अहिलेसम्मकै ठुलो अप्रेशन भएको छ । अस्पतालमा हर्नियाको अप्रेशन भएको हो ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन तथा कन्सल्टेन्ट जनरल सर्जन डा.सोजन सापकोटाको टिमले हर्नियाको अप्रेशन गरेको हो । अस्पतालमा अहिलेसम्मयति ठुलो अप्रेशन भएको अस्पताल श्रोतले जनाएको छ ।

अप्रेशन गर्दै डाक्टर सोजन सापकोटाको टिम ।

भेरीगंगा नगरपालिका १३ का १८ वर्षका पुरुष र बनगाड नगरपालिका कुपिन्डेका १६ वर्षका पुरुषलाई सफलता पूर्वक अप्रेशन गरिएको हो । भौतिक सुविधाको विस्तार हुने क्रममा रहेको छ । अस्पतालको अप्रेशन कक्ष १ महिनाअघि उद्घाटन भएको हो । भविष्यमा अप्रेशन मार्फत प्रसुती सेवा दिने अस्पतालले तयारी गरेको छ ।