यामराज बिष्ट दैलेख-घरबाट जंगलमा गाईबाख्रा गोठाला गएकी एक युवतीको जंगलमै दुई दिनपछि मृत भेटिईन् । प्रहरीले घटना शंकास्पद भनेर अनुसन्धान थालेको छ । तर, अँझै घटनाको नजिक पुग्न सकेको छैन् ।
दैलेखमा शंकास्पद मृत्युबारे अँझै रहस्यमय दैलेखको डुङ्गेश्वर गाँउपालिका –६ लटाली बस्ने कर्णबहादुर विकको २१ वर्षकी छोरी सुनिता विक कात्तिक १७ गते ११ बजे खाना खाएर गोठाला गएकी थिईन् ।
फाइल फाेटाे
लटाली भैसीबाध्ने जंगलमा गाईबाख्रा गोठालो गएको अवस्थामा साँझ अबेरसम्म घर नफर्किएपछि परिवार तथा आफन्तले खोजतलास गर्ने क्रममा १८ गते उक्त जंगलमा मृतअवस्थामा फेला पारेको थियो । तत्काल घटनास्थलमा जिल्ला प्रहरी प्रमुख र सिओसिओ प्रहरी सहितको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरेको छ । घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटना शंकाष्पद देखिईएकोले आवश्यक अनुसन्धान प्रक्रिया निरन्तर चलिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।