| २२ कार्तिक २०७७, शनिबार ११:२०
सल्यान :पछिल्लाे समयमा दिन प्रतिदिन काेरोना भाइरस (कोभिड १९) फैलिए संगै धेरै युवायुवतीहरु आफ्नो जन्मथलो फर्किएका छन्। वृद्धवृद्धा र बालबालिकाहरु मात्र रहेको गाउँबस्तीको अहिले रुप पनि परिवर्तन हुँदै गएको छ। युवायुुुवतीहरुको गाउँघरमा आगनसँगै बस्तीहरुको स्वरुप पनि बदलिएको छ।
विदेश तथा स्वदेशबाट घर फर्किएका युवाहरु सामाजिक कार्यमा समेत सामेल हुँदै आइरहेका छन्। गाउँघरमा हुने , जनश्रमदानजस्ता कार्यमा युवाहरु लागिपरेका छन्। गारेटो बाटो निर्माण, मर्मतका साथै सामाजिक कार्यहरु गर्दै आइरहेको बागचौर नगरपालिका–४ का शेरबहादुर घर्ती बताउँछन्।