| २५ कार्तिक २०७७, मंगलवार ०७:३४
नारायण नगरपालिका दैलेखको कार्यालयमा फोहोरको डंगुर थुप्रिएको छ । नगर सफा राख्ने नगरपालिका कै कार्यालय मै फोहोर थुप्रिए पछि आलोचना भएको छ ।
बजार भित्र र पछाडि फोहोर बढिरहेको छ । अहिले नगर पालिका कार्यालयमै फोहोर देखिए पछि मेयरको गफै ठूलो भएको भन्दै आलोचना भएको हो ।
आफ्नै कार्यालयमा भएको फोहोर देख्न नसक्ने जनप्रतिनिधिहरु अरु के काम गर्लान् ? आफन्त र आसेपासेलाई समितिमा काम र रोजगारी दिनै व्यस्त हुँदा सुन्दर नगर बनाउन ध्यान नदिएको गुनासो आएको छ ।
काम गर्न नसक्ने, राजनीति विभेद गर्ने, गफ बढी दिने, प्रदेश र केन्दीय सरकारबाट आएको योजनालाई देखाएर आफ्नो प्रगति योजना नगर प्रमुख रत्न बहादुर खड्काले सुनाउने गरेको स्थानिय बताउँछन् । नगरले आफ्नो देखिने खालको योजना विकास नभएको र कार्यकर्ता पाल्न उपभोक्ता समिति मार्फत काम गर्ने गरेको पाइन्छ ।