☰ open Loading... 16 November 2024|  

घोचोहालेर भएपनि स्वास्थ्यकोे भवन उद्घाटन
  | २६ कार्तिक २०७७, बुधबार २०:५३

हुम्ला । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला प्रशासनको नयाँ भवन आज उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी द्धारा भवनको उद्घाटन गरिएको हो।

भवन उद्घाटनका लागि कर्णाली प्रदेशका प्रदेश प्रमुख र सामाजिक मन्त्रीको टोलि हुम्लामा पुगेको हो । तर जिल्ला स्वास्थ्य सेवा कार्यालयको नयाँ निर्मीत प्रशासन भवन कर्णाली प्रेदश सरकारका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी द्धारा उद्घाटन लेखिएको शिला पत्र समयमै नपुगेपछि घोचोहालेर भएपनि स्वास्थ्यकोे भवन उद्घाटन गरिएको हो । हुम्लामा नवनिर्मित स्वाथ्यको भवनको उद्घाटनको लागि मंगलबार मात्र जानकारी पाएपछि हतारले शिला पत्र टाँस्न नपाई घोचोभरमा शिलापत्र टांस्नु परेको स्वाथ्य सेवा कार्यलय श्रोतले बताएको छ ।

स्वाथ्य सेवा कार्यालय हुम्लाको नवनिर्मित भवन डिभिजन कार्यालय जुम्लाले २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैंसा लागतमा १३ कोठा सहितको ४वटा कोठा वाथरुप निर्माण भएको हो । गतवर्ष नै निमार्ण सम्पन्न भई कार्यलयको सेवा सुचारुप भएको र भवन डिभिजन कार्यालय जुम्लाको आर्थिक लागतमा निर्माण सम्पन्न गरेको स्वास्थ्य प्रमुख प्रेमबहादुर सिंहले बताउनु बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा आइ परेका विभिन्न समस्या र समधानका बारेमा स्वास्थ्य सेवा प्रमुख सिंहले दर्साउनु भएको थियो ।



भवन उद्घाटन कार्याक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताउनुभयो । प्रकृतिले दिएको चीजलाई सदुपायेग गराउनको लागी आफुले प्रदेश, संघ सरकारलाई बढी भन्दा बढी ध्यान दिनका लागी आग्रह गर्ने समेत बताउनुभयो ।यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कर्णाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण गर्ने मन्त्री रावलले बताउनुभयो ।



भवन उद्घाटनका लागी कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनी, प्रतिनिधि सभाका सदस्य छक्कबहादुर लामा, सामाजिक विकास मन्त्र दल रावल, जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावत, कर्णाली योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाया, प्रदेश अस्पतालका निर्देशक डा. रविन खड्का,जनप्रतिनिधीहरु र राजनितिक दलका नेताहरुको लगायतको सहभागित रहेको थियो। philcomission.com