☰ open Loading... 26 February 2021|   शुक्रबार, फाल्गुन १४, २०७७

कोरोनाबाट तिहारको दिन एक जनाको मृत्यु
  |

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा भाइटीकाको दिन आज बिहान एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका-१, मा घर भइ वीरेन्द्रनगर-११, बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

२६ गते श्वासप्रश्वासमा समस्या आएपछि उनलाई सोही दिन प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । २६ गते नै जिन एक्सपर्ट विधिबाट उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमण भएको दिनमा नै उनको विशेष अस्पतालको आइसोलेसनको सघन उपचार कक्षमा भर्ना गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । उनका अनुसार प्रोटोकलअनुसार उपलब्ध सबै उपचार गरिएता पनि स्वास्थ्यमा सुधार नआइ उपचारकै क्रममा आज बिहान ५:५५ बजे निधन भएको छ ।

योसँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १, २०७७     12:11:44 PM