☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

कालभैरबमा कृषि फर्म संचालन
  |

दैलेख दुल्लु नगरपालिका – ११ मा कालभैरब कृषि फर्म संचालनमा आएको छ । नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले उक्त फर्मको उद्घघाटन गरेका छन् ।

फर्मको उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले दुल्लु नगरपालिका को कृषि जन्य बस्तुहरुलाई अब नेपालभरी नै विस्तार गर्नको लागि नगरपालिकाले गुरु योजना बनाइरहेको र त्यसको लागि यो कृषि फर्मको पनि महत्वपुर्ण भुमिका हुने उनले बताए ।

‘स्थानीय उत्पादनलाई बजारीकरण गर्नको लागि यो फर्मको महत्वपुर्ण भुमिका हुने छ, ‘काल भैरव कृषि फर्मका संचालक पदम बहादुर सुनारले भने, ‘ दुल्लु नगरपालिका भित्रको उत्पादनलाई प्रोत्साहन गर्नको लागि यो कृषि फर्मले पशुपालन, मिश्रीत खेती, कुखुरा पालन, फलफुल खेती तथा बन, नर्सरी,मल, बीउ, बिजन उत्पादन गर्न र यसलाई निर्यात गर्नको लागि यसको ठुलो भुमिका हुनेछ,।’

प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     8:15:58 AM