☰ open Loading... 16 November 2024|  

कर्णाली योजना आयोगमा दैलेखका सर्वराज (कर्णाली प्रदेश सरकारका निर्णयको पूर्ण पाठ)
  | १२ मंसिर २०७७, शुक्रबार १७:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेखका सर्वराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दैलेख नारायण नगरपालिका-८ का खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै उक्त मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनका अनुसार सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवभीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतका लागि पठाउने, समपुरक र विशेष अनुदानतर्फ आयोजनाहरुको बजेट व्यवस्थान सम्बन्धमा आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेश सरकारको समपुरक र विशेष अनुदानबाट स्थानीय तहमा सञ्चालित अधुरा आयोजनाहरुका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ विविध शीर्षकबाट २२ करोड ५७ लाख ८५ हजार बजेट सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने, कर्णाली प्रदेश सुरक्षा मापदण्ड र रणनीति २०७७ स्वीकृत गर्ने, शान्ति अध्ययन तथा घाइते अपांग पनर्स्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत प्रदान गर्ने र कर्णाली प्रदेश पर्यटन गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।खबर पश्चिमेेेेेेलीबाट