☰ open Loading... 25 February 2025|  

कोरोना संक्रमण बाट दाङमा थप एक जनाको ज्यान गयो
  | १३ मंसिर २०७७, शनिबार १८:०७

दाङ : कोरोना संक्रमणबाट दाङ थप एक जनाकाे ज्यान गएको छ।घोराही उपमहानगरपालिका–१३ निवासी ६६ वर्षीय पुरुषको शनिबार बिहान साढे१० बजे कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।

उनको कात्तिक ३० गते स्वाब पिसिआर परीक्षण गराउँदा कोरोना सक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएका र स्वास्थ्यमा थप समस्या देखिएपछि मंसिर ६ गते उपचारका लागि अस्पतालमा लगिएको थियो ।