दैलेख । भगवतीमाई गाउँपालिका–३ को सान्तडामा १५ शय्याको अस्पताल र हेलिप्याड निर्माण भएको करिब एक वर्ष पुगेको छ । गाउँपालिकाकाे तेस्रो गाउँ सभाबाट १५ शय्याको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ विनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट एक करोड रकम विनियोजन गरिएको थियोे।
निर्माण भएको १५ शय्याको अस्पताल १बर्ष पुग्दा समेत अहिलेसम्म अस्पताल सञ्चालनमा आउन नसकेकाे गुनासो गरे।
गाउँपालिकाभित्र पर्ने कुनै व्यक्ति स्वास्थ्य सेवा नपाई मृत्युवरण हुने छैन भन्ने उद्देश्यले भगवतीमाई गाउँपालिकाको सान्तडामा अस्पताल निर्माण गरे पनि हाल अस्पताल सञ्चालन नहुँदा गाउँपालिकावासीहरु उपचाारको लागि दैलेख सदरमुकाम ,नेपालगन्ज,सुर्खेत जान बाध्य भएको र धेरै शुल्क तिरेर उपचार गराउन बाध्य भएको भगवतीमाई गाउँपालिका–४ की देविसरा अधिकारी बताईन् ।
गाउँपालिका अध्यक्षले भने अस्पतालबाट विशेषज्ञ डाक्टर सहितको सेवा दिने उद्देश्यले काम भइरहकोे बताउँदै पालिकासँग अस्पताल सञ्चालन गर्ने आर्थिक स्रोत नभएको र सामाजिक विकास मन्त्रालयमार्फत अस्पताल सञ्चालनका लागि कुनै डकुमेन्ट नआएका कारण अस्पताल सञ्चालनमा ढिला भए पनि अब अस्पताल सञ्चालनका लागि पहल भएको र छिट्टै सञ्चालनमा बताए ।
यस्तै अस्पताल नजिकै करिब आठ सय जनसंख्या लाभान्वित हुने गरी आठ लाख रुपैयाँ खर्च गरेर हेलिप्याड निर्माण गरिएको हेलिप्याडअस्पताल संञ्चालनमा नअाएपछि सञ्चालनमा आउन सकेको छैन ।