☰ open Loading... 25 February 2025|  

बलात्कारको आरोप लागेका दुईजना पक्राउ
  | २० मंसिर २०७७, शनिबार ०६:२७

सुर्खेत । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका दुई जनालाई हुम्ला प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको हो ।जिल्लावाट गस्तीमा गएको प्रहरी टोली शुक्रवार पक्राउ गरेको जिल्ला प्रहरी हुम्लाका प्रमुख डीएसपी सुर्य सुवेदीले जानकारी दिए ।

प्रहरी प्रमुख डिएसपी सुबेदीका अनुसार गत वर्ष साउन २१ गते १३ वर्षीया बालिकालाई लुगा धुन गएको वेला पाँच जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको छ ।तीन जनालाई प्रहरीले घटना लगतै गत वर्ष नै पक्राउ गरे पनि दुईजना फरार थिए । पक्राउ पर्ने सर्केगार्ड गाउँपालिका–६, का १८ वर्षका सन्देश बुढाथोकी र सोही गाउँका मानदेव बुढाथोकी रहेका छन ।