| २३ मंसिर २०७७, मंगलवार १८:३०
काठमाडौँ — सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी नेपाल र चीन सरकारले संयुक्त रूपमा नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् ।
नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।