☰ open Loading... 5 March 2025|  

जुम्लामा मैनबत्ती बालेर बिजुलीको माग
  | २३ मंसिर २०७७, मंगलवार १८:४५

जुम्ला- लामो समयदेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लामा मैनबत्ती र दियालो बालेर प्रदर्शन गरेका छन्। १५ दिनदेखि नियमित बिजुली आपूर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन्। तत्काल बिजुली आपूर्ति विद्युत् प्रराधिकरणको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्।नयाँ मेसिन खरिदमा भएको अनियमिततादेखि केन्द्रीय प्रशारण लाइन नजोडेसम्म आन्दोलन जारी रहने स्थानीय युवा महेन्द्र कार्कीले बताए।