बाजुरा – बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिका जोड्ने दवारी झोलुंगे पुल निर्माण समितिकाका सचिव सुरेन्द्र खत्रीले पुल निर्माण कार्य नसक्दै दुई लाख ५० हजार लिएर फरार रहेको निर्माण समितिका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिएका छन् ।
पुल निर्माण कार्य २०७६ असारमा सम्पन्न गर्ने गरी कार्य थालनी गरिएको भएपनि पहिलो किस्ताको सात लाख ४९ हजारमा दुई लाख ५० हजार रकम लिएर भागेको बताएका छन् । झोलुंगे पुल निर्माण कार्य नै सम्पन्न नहुदा मजदुरको ज्याला दिनका लागि बैैंकबाट निकालिएको रकम मध्येको सो रकम सचिव खत्रीले लिएर हाल सम्म फरार रहेको पुल निर्माण समितिका उपाध्यक्ष रामसिं नेपालीले बताएका छन्।
उनले पटक पटक सचिव खत्रीलाई लिएको रकम फिर्ता गर्न फोन गर्दा श्रीमतीले फोन उठाउने घरमा छैनन् भन्ने जस्ता अभिव्यक्ति आउने गरेको बताए ।
सुरुसुरुमा फोन अर्कैलाई उठान लगाउने र पछि फोन नै नउठाउने गरेको उपाध्यक्ष नेपालीको भनाई रहेको छ ।
पुल निर्माण गर्दा काम गर्ने श्रमिकलाई ज्याला दिनका लागि पहिलो किस्ता रकम निकालिएकोबाट सो रकम लिएर ६ महिनादेखि सम्पर्कमा नआएको अध्यक्ष खत्रीले मालिका टुडेलाई बताए ।
झोलुंगेपुल महाशाखाको करिव २२ लाखको आर्थिक सहयोगमा र बडीमालिका नगरपालिकाको समन्वयमा निर्माण भइरहेको दवारी झोलुंगे पुल निर्माण समितिका सचिव खत्रीले रकम लिएर लुकेर बसेको समितिका अध्यक्ष खत्रीले आरोप लगाएका छन् । यता दवारी पुल निर्माण समितिका सचिव सुरेन्द्र खत्रीलाई सम्पर्क गर्दा फोन समेत नलाग्ने बनाएका छन् ।
| २४ मंसिर २०७७, बुधबार १६:३१