दैलेख । भ्रष्टचार विरुद्ध एकजुट हौ,भ्रष्टाचार मुक्त सासनमा सरकारको जिम्मेवारी तथा नागरिक समाजको र मिडियाको भुमिका विषयमा खुला बहस भन्ने नाराका साथ आज दैलेखमा भ्रष्टाचार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर मनाउने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाएको हो ।
सुदर नेपाल संस्थाले आयोजना गरेको कार्यक्रममा भ्रष्टाचार मुक्त शासनमा सरकारको जिम्मेवारी तथा नागरिक समाज र मिडियाको भुमिका विषयमा खुल्ला छलफलमा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले भ्रष्टाचार नियन्त्रणमा सबै लाग्गुपर्ने, सबैले कानूनको परिपालना गर्नुपर्नेमा जोड दिएका छन। मान्छेहरु इमानदारितामा नरहँदा सबैलाई प्रश्न उठाइने गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुनारले भने, ‘खुला समाजमा आफूले गलत नगर्ने हो भने प्रश्नदेखि नडराउने परिस्थिति बन्नुपर्छ बताए ।
यस्तै नारायण नगरपालिका नगरप्रमुख रत्न बहादुर खड्का पत्रकार ,नागरिकहरुले सोधेको प्रश्नको जवाफ दिदै विकास निर्माणका कामलाई अगाडी बढाएको छाै ।निर्माणका लागि धेरै काम बाँकी रहेकोले चरणवद्ध रूपमा चरणवद्ध रूपमा निर्माण गरिने , स्वच्छ नगर बनाउन पत्रकार ,नागरिक सबैको भुमिका रहेको बताए ।
समाजबाट भ्रष्टाचार नहट्ने हो भने त्यसले आन्तरिक तथा बाह्य लगानीलाई अवरोध गर्ने गर्छ।भ्रष्टाचार नियन्त्रण सुधारका लागि स्थानिय सरकारले गरेको काम अझै पर्याप्त नभएको जिल्ला समन्वय प्रमुख प्रेम थापाले बताए ।
| २४ मंसिर २०७७, बुधबार १९:१५