☰ open Loading... 25 November 2024|  

गाउँपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय हुम्लालाई सोलार हस्तान्तरण
  | १ पुष २०७७, बुधबार ०६:२२


हुम्ला,। जिल्ला प्रहरी कार्यालय हुम्लालाई खार्पुनाथ गाउँपालिकाले सोलार सिस्टम उपलब्ध गराएको छ ।दैनिक ८ घण्टा लोडसेडिङका कारण कम्प्युटरबाट गर्नु पर्ने सबै काम अबरोध हुने गरेकाले खार्पुनाथ गाँउपालिकाले सोलार सिस्टम उपलब्ध गराएसंगै सबै समस्या समाधान भएको प्रहरी प्रमुख डिएसपी सुर्यप्रकाश सुुबेदिले बताए । खार्पुनाथ गाउँपालिकाको आर्थिक सहयोगमा उपलब्ध गाराइएको सोलार सिस्टम नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सुर्य प्रकाश सुबेदिलाई खार्पुनाथमा पालिकाका अध्यक्ष कणर्बहादुर रावल,सहभागी थिए ।



जिल्ला प्रहरी कार्यालयबाट विद्युतका कारण कुनै पनि काम अवरोध भएर कोही कसैले दुःख नपाओस, काम नभएर कसैले खालि हात जिल्ला प्रहरी कार्यालयबाट बाहिरिन नपरोस् र विद्युत अभावका कारण कुनैपनि काममा बाधा नहोस् भन्ने उद्देश्यले २ सय वाटका ४ रोलार पात १सय ५० एम्पीयरका ४ ब्याट्रि र ४ किलोवाड क्ष्मताको १ थान हाइब्रिड इनभरटर खार्पुनाथ गाउँपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष कणर्बहादुर रावलले बताए ।