☰ open Loading... 9 October 2024|  

रेसम चौधरी सहित ८ जनालाई जन्मकैदको फैसला
  | ३ पुष २०७७, शुक्रबार १०:४५

कैलाली  – सांसद रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायल राजपुरले जन्मकैदको फैसला सुनाएको छ ।बिहीबार राति उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरी र अरु सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि थारुलाई जिल्ला अदालत कैलालीले धरौटीमा छोडेको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात जना प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीले गरेको जन्मकैदकै निर्णय सदर गरेको हो ।