☰ open Loading... 20 November 2025|  

किसान बदाम खेतीतर्फ आर्कषित
  | ४ पुष २०७७, शनिबार १०:४२

सल्यान : सल्यानका किसानहरु बदाम खेतीको व्यावसायिक खेतीतर्फ लागेका छन्।बदाम बिक्री हुन थालेपछि शारदा नगरपालिका–७ कजेरीका किसान बदाम खेतीतर्फ आर्कषित भएका छन्। कजेरीका किसानले समूहनै गठन गरेर १२० रोपनीमा बदाम खेती गरेका छन्। समूहका अध्यक्ष सुकलाल खड्काले वदाम खेतीलाई व्यावसायिक बनाउन समूहनै बनाएर खेती गरेको बताउँछन्।

 

कुमाख गाउँपालिका–१ टाट्केका गिरिजा बिसीले एक पाथीको १३० रुपैयाँका दरले बदाम बिक्री भइरहेको जानकारी दिए।जिल्लाका सबै ठाउँमा बदाम खेती गर्न सकिने भए पनि शारदा नगरपालिका–७ कजेरी, कालीमाटी–४ असुरेनी, वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे, कुमाख गाउँपालिका–४ कालागाउँ, शिद्धकुमाख गाउँपालिका बाझकाँडामा किसानले व्यावसायिक बदाम खेती गर्दै आएका छन्।