☰ open Loading... 9 October 2024|  

जुम्ला विमानस्थलको स्तरोन्नति हुँदै
  | ५ पुष २०७७, आईतवार ०६:२३

जुम्ला -प्रदेश राजधानी सुर्खेतपछि दोस्रो ठुलो सहर जुम्ला विमानस्थलको स्तरोन्नतिको कार्य अघि बढाइएको छ ।

विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले सर्भेलगायतको कामलाई तीव्रता दिएको हो ।

चालु आर्थिक वर्षदेखि बहु वर्षीय आयोजनाको रुपमा विमानस्थल विस्तारको काम सुरु हुने प्राधिकरणले जनाएको छ ।

कर्णालीका हिमाली जिल्लामा यात्रु तथा कार्गो उडानका बढी चाप मानिने जुम्ला विमानस्थल विस्तारका लागि सङ्घीय सरकारले यो वर्ष १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारको शेयर लगानीमा धावनमार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो ।

उहाँका अनुसार विस्तृत अध्ययनका लागि यो वर्ष १७ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जुम्लाबाट जहाजमा यात्रुको चाप बढ्दै गएकाले विमानस्थल विस्तार भएपछि हवाई यात्रा थप सहज र गुणस्तरीय हुने चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।