☰ open Loading... 4 March 2025|  

झोलुङ्गे पुल निर्माण सम्पन्न, बचेको रकम सरकारलाई फिर्ता
  | ८ पुष २०७७, बुधबार ०७:२२

दैलेख -नारायाण नगरपालिका ७ सिमगाउँ जार्जखोला देखि नारायण नगरपालिका वडा नं ११ लिड्के जोड्ने झोलुङ्गे पुल मंगलबार उद्घाटन गरिएको छ ।पुलको उद्घाटन मंगलबार प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले गरेका हुन। पुल निर्माण सम्पन्न संगै नारायण नगरपालिका–७ सिमगाउँका हिमबहादुर सुवेदीले झोलुङ्गे पुलबाट बचेको रकम राज्यलाई नै फिर्ता गर्ने घोषणा गरेका छन्।

ग्रामिण विकास सेवा केन्द्रले प्राविधिक सहयोग समेत गरेको जार्जखोला–देखि नारायण नगरपालिका ११ वडाको लिड्के भन्ने स्थान जोड्ने (१०५ मि) लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय सरकारको ४० लाख ३६ हजार ६सय२४, रकम सयोग गरेको
थियो ।टिबीएयु हेल्भेटासद्वारा ४ लाख ७५ हजार ५ सय बराबरको रकम रकम लठ्ठा खरिदमा समन्वयन गरेको छ ।२३ लाख २४ हजार बराबरको रकम सिमेन्ट, सरिया लगाएत आवाश्यक खरिद भयो ।पुल निर्माणमा ६२ जना मजदुरहरुले काम गरेका छन् ।सबै काम सम्पन्न गरेर बचेको साढे १ लाख रकम फिर्ता गरिने सुवेदीले जानकारी दिए ।