☰ open Loading... 26 November 2024|  

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापालाई खानेपानीको जिम्मा
  | १० पुष २०७७, शुक्रबार २१:२४

काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए ।

अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् ।

ओली समूहलाई साथ दिएवापत थापाले पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।

प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयहरुमा आफू निकटलाई राखेका छन् । पूर्वमाओवादी पक्षका नेताहरुलाई सानातिना मन्त्रालयको जिम्मा दिइएको छ ।

मणि थापालाई दिने भनिएको पर्यटन मन्त्रालय यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई दिइएको छ । महामारीमा जनस्वास्थ्यसँग जोडिने स्वास्थ्य मन्त्रालयमा भने यसअघि सामान्य प्रशासन मन्त्री रहेका हृदयेश त्रिपाठीलाई ल्याइएको छ । गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् ।अनलाइन खबरबाट