☰ open Loading... 19 April 2024|  

खिया लागेको फलाँम र सडेको शिमेन्टले छत र पिल्लर मजबुद हुँदैन
  | १२ पुष २०७७, आईतवार १६:१५


गजबको परिवर्तन आयो
जनता कंगाल भिखारी हुने ।
खोक्रा नारा र भाषण आज
आंकाशमा विकाश भईरहने ।
मंहंगी मार र अशिक्षा ले
जनता भिखारी भै रहने ।
ब्यक्ती धनी जनता कंगाल
धन्य हो गणतन्त्र सदारहीरहने ।
युवा युवती देश खाली
नेपालमा विकाश भईरहने ।।


हजुर जनताले विकाश उन्नती र समबृद्धी चाहेका छन । झोले झाम्टे र यिनका आसेपासेहरु गुण्डा गर्दी र तस्करी र चोरी गरी पैसाको आडमा सर्वशक्तीमान बन्न चाहेका छन । नेपाली जनताले परिवर्तन यिनलाई पालन पोषण र अशिक्षा अराजकताको लागी गरेका गरेका होईनन् । आफ्ना भावी सन्ततीले शुख्ख शान्ती र शुसासन पाउनको लागी २००७ सालमा राणाहरुको अन्त्य गरी प्रजातन्त्रको थालनी गरे ,तर राजा महेन्द्रले दलीय ब्यवस्थालाई कु गरी निरंकुष पंन्चायत लादे,निरंकुष कालो ब्यवस्थाको अन्त्यका लागी जनमत संग्रह भए । जनताले साथ दीए ,पन्चायत पनि गयो प्रजातन्त्र आयो प्रजातन्त्र अफापसिद्ध भयो जनताको क्रान्ती बाट गणतन्त्र आयो । तर कलीलो गणतन्त्रको मुना भाँच्ने गरी सरकार गठन भएको अढाई वर्ष नबित्दै संसद विघटन हुने अब अबस्था आयो जनताले राणा प्राश्त गर्न जिवन को बलीदान दिए । पंन्चायत ढाल्न बली दानी दिए । गणतन्त्र ल्याउन सत्रौ हजार मान्छेले ज्यानको बांजी लगाए तर यहाँ परिवर्तन नेता झोले झाम्टे मांफीया भु माफीया विचौलीया गुण्डा दलाल र विचौलिया मोटाउने थिती बस्यो ।

 

जनता गरिव कंगाल र भिखारीमा परिवर्तन भए । विकाश यही भयो मध्य वर्गी भिखारी र गरिव हुन पुगे ओखाे शिक्षामा लागेको बादलले युवा, युवती विदेश मा जान बांध्य पारीयो र काम गर्न नसक्ने बृद्ध पिडीलाई देशमा राखी राजनीती गरी भाषण ले देशको विकाश र उन्नती समबृद्धीका नारा रटान गरीए तर जनताका हातमा लाग्यो सुन्ना उल्लेखित वर्ग नै मोटाए जनताको उठेको कर र रिमीटान्सको रकम र दात्री राष्टले दिउको रकममा चल्यो मोजमस्ती तब मैले जनसमुदाय मा प्रस्तुत गर्दैछु । खीयाँ लागेका फलाम र सडेको शिमीन्टले घरको पिल्लर जग र छानु मजबुत हुन सक्दैन ।

जुन देशमा राणा फालीए , पन्चायत ढल्यो, प्रजातन्त्र उड्यो, गणतन्त्र आयो जनताले रोग, सोग, भोग र अराजकता अशिक्षा र महंगी बाहेक अरु केही पनि पाएनन् । हामीले कुनै पनि यी खीया लागेका सडेका शिमीन्ट बाट देशको विकाश होला भन्ने शोच राख्नुत चर्कामा बालुवा हालेर तेल निकाल्नु र बालुवा पानी हाली खेती फलाउनु र मुर्खलाई शिक्षा दिएर समय बर्वाद गर्नु एउटै हो।

अब अराजकता बाट टांढा रहने हो भने खियाँ लागेका छड र कुहिएका शिमिण्टको अन्त्य नभए सम्म देशमा विकाश हुनै सक्दैन। परम परमगत सोच बाट ग्रस्थ भ्रस्टाचार बांट उन्नत देश बेचुवाहरु बाट देशको विकाश हुनै सक्दैन । यित देश बेचेर पैशा कमांउन जनतालाई गुम्राहमा राँखेर क्रान्तीको आँधी बेहरी फैलाई जनतामा भ्रमको खेती फैलाउने र जनतालाई गरीवको गरीव राँखी बबुल छरेर आँप फलाउने भ्रम को खेती गरी जती जनता अशिक्षीत हुन्छ त्यतीनै सताब्दीयौ सम्म राजनीतीका नाउमा कमाई खाने भाडो खडा गर्न परिवर्तनको खेल खेल्ने नाटक एकांकीका पात्रहरुलाई जनताले झांड झाडने कुच्चोले नबढार्दा सम्म देश र जनताले शान्तीको शास फेर्न पाउने छैनन् ।

सबै चिजमा योग्यता क्षमता र विकाँश उन्नतीको कदर हुन्छ तर नेपालको राजनीतीमा योग्यता क्षमता र अवधी प्राथमिकता कहीलै पाउदैन किनत भन्दा बबुल वोएर आँपको आषा गर्ने अपराधिक गतीवीधिका पांखण्डी मनस्थिती बोकेका झुण्डरुले नै उठेका मनस्थितीहरुको राजनीतीले देशको भलो हुनै सक्दैन । देश अराजकता तर्फ लागी नै रहन्छ । अव यी बालुवा का

थुप्राहरु लाई कणै समेत नरहने गरी नेपाली जनताले तीन ओटा क्रान्ती बमहेक यिनका दलाल झोले झाम्टेको मन लाग्दी गर्न कथीत क्रान्ती आफ्नो जिवनको बलीदानी गर्नु ब्यक्तीका झोले झाम्टे पाल्न गरीवले भुल नगर्नु होस् । क्रान्ती नगर्नुहोश यी खियाँ लागेका छड र शिमीण्ट अन्त्य गरी ताजा छड , ताजा शिमेण्टले निमार्ण भएका भौतीक सँरचना निमार्णको लागी कृर्षी क्रान्ती गरी आत्म निर्भर बनाउने शैक्षीक क्रान्ती गरी ज्ञान उब्जाउन औधोगीक क्रान्ती गरी बेरोजगारी हटाउने कलकारखाना स्थापीत गर्ने युवा युवतीको सोरोजगारीको प्रत्याभुती दिलाई देशलाई विकाश र समबृद्धीको लागी दक्ष जनशक्ती उत्पादनको लागी आवाज उठाई देश समबृद्धीमा लैजान ठोस योजना तयार गर्ने शक्तीलाई मात्र साथ दिने अन्यर्था यी झारहरु वढार्न लायक छन । अब देशको आवश्यकता भनेको मिसन र भिजन बोकेका विदेशमा श्रमगरी अनुभव प्राप्त गरेका युवा युवती बाट रास्ट लाई निश्चित अबधि मा विकाश गर्न सक्ने माप दण्ड कायम गरी योग्यता, क्षमता, दक्षता भएका ब्यक्तीहरुले मात्र राजनीती गर्ने अन्य ले उद्योग कलकारखाना खोली कामा गर्ने र भाषण गर्ने फुर्सदै नहुने गरी स्वरोजगारी दीलाउन सक्ने शक्तीले मात्र राजनिती गर्न पाउने ल्याप्चे छापको अन्त्य गर्न समविधान संन्सोधन हुन क्रान्ती गरी नेपाली जनताले पाँच वर्षमा शान्ती सुब्यवस्था कायम गर्न सक्ने हिम्मत राख्दछ र दल दुई वटा मात्र हुनुपर्ने प्रजातान्त्रीक र लेफ्टीस्ट जसले राम्रो गर्दछ । उही जनताको आँखामा अटाउछ । अहिले को परिस्थिती भनेको अनपढहरुले कानुन गोजीमा राखी ताना शाह लादी जनतालाई भोट हाल्न बाँध्य गराउने र जनताको करको रकम र बिदेशी  ऋण बटुली देशलाई अर्थ तन्त्रमा घरा साथी गराई गरिवका छोरा छोरीहरुले पेटमा छदै उनचालीस हजार प्रती ब्यक्ती ऋणबोकेका छन ।  ऋण दोब्बर बोकाउने गरी चुनाव घोषणा भएका छन । चुनावमा अर्वाै अर्व खर्चेर पाँच वर्षको जनताले दीएको म्याण्डेड लत्याउनु भनेको ब्यक्ती बांदी राजनीतीको ताना शाहको पक्षपोषण गर्नुनै हो । यहाँ दल विशेषको कुरा होईन दल कमीनिस्ट भए पनि देशकै विकाश नेपालमा गर्ने हो चाईनामा होइन । प्रजातान्त्रीक पार्टी भए पनि भारतमा होईन । प्रजातान्त्रीक पार्टि भए पनि भारतमा होईन अमेरिका विटेन मा होईन नेपाल देशमै विकाँश गर्ने हो तर समविधान कुल्चेर जनतालाई भ्रममा राखी समविधानको धज्जी उडछ भने यो जनतालाई स्वीकार्य छैन हुदैन, रहदैन, अब जनता सच्चै चनाखो छ भने पाँच वर्ष राजनिती गरेका अनुहारहरु दोस्रो पटक चुनावमा नआउने प्रावधान समविधानमा सनसोधन गरी ल्याउनु प यो । एक पटक राष्ट पति भई सकेका ब्यक्ती दास्रो पटक नहुन पाउने र प्रधान मन्त्रि दुई पटक बाहेक नहुन पाउने र शैक्षीक योग्यता को मापदण्ड राष्ट पति प्रधान मन्त्रि सांसद देखी तल्लो स्तर सम्म लागु हुने गरी समविधान सन्सोधन हुनु पर्यो । ब्यक्तीगत स्वार्थका लागी विचैमा संसद खारीज गरी जनताले दीएका म्याण्डेट लत्याउने गरी गरेका बुदा हटनु पर्यो र जनता द्धारा प्रत्यक्ष रास्टपति र प्रधानमन्त्रि कायम हुने सम्विधान हुनु पर्यो जसले जनताले दीएको आदेशको पालना गर्न सक्दैन । त्यो जो सुकै पदमा छ हट्ने कानुन ल्याउनु प यो ।जनताको विकाशका योजनाहरु समयमा लागु गरी पुरा हुन नसके जनताले चुनेका प्रतस्निधी लाई हर्टाई अर्को ब्यक्ती नियुत्तगर्न सक्ने ब्यवस्था हुनु प यो । जनताको लागी जनता द्धाराजनहितको लागी चनीएका ब्यक्ती अराजक भई नाता बाद कृपा बाद गुटगत दलगत स्वार्थ र पार्टी गत स्वार्थको लागी ताना शाह लादने प्रबृद्धीका परम परागत मुसाहरुलाई जनताले सोही अवधिमा वर्खास्तकी गर्न सक्ने समविधानमा ब्यवस्था गरीनु प यो ।

अनी राष्ट राष्टीयता बलीयो भई देशले कोल्टे फेर्न सक्दछ र जनताले शान्ती शुसाशन र अमनचयन कायम राख्न सक्दछ । एक ब्यक्ती गुट दल र झुण्डलाई पालन पोषण गर्ने कानुनको खारेजी हुनु पयो यसले गर्दा स्थायीत्व बोध गर्दछ । राष्टले र राष्टीयता बोध हुन सक्दछ । मन लनग्दी चुनाव गराउदा अर्वौ अर्व खर्च हुने खर्च जनताले बेहोर्नु प्रणालीको अन्त्य गरीनु पर्दछ । त्यस्ताे खर्च जसले देशलाई अनिर्णय को बन्दीमा राख्न खोजेको हो उसैले ब्यहोरी चनाव गर्न सक्ने सम्विधान मा ब्यवस्था हुनु प यो र समानु पातीक बाट सांसद हुने प्रथाको अन्त्य गरीनु पयो । त्यो कसरी सम्भव छत त्योत एक मात्र उपाएका खिया लागेको छड र सडेको सिमिण्टले कहीलै घरको पिल्लर र छत बलीयो हुदैन । जंगँले खाएको छडको पिल्लर ढल्छ । सडेको सिमिण्टको छानु चुहीन्छ । विचार नभएका शक्तीले देश निकाश हुन सक्दैन । विचार स्खलित भई देशमा भ्वागँ पर्छन । देश रुन्छ । पिल्लर ढल्छ छानो चुहीन्छ । त्यसैको सिकार आजको परिस्थीती पनि हो यो परिस्थतीको निकाश जनता र सम्मानीत अदालतले अवश्यमेव दिनेछ ।तर स्मरण रहोश जंग लागेको छड र कुहीएको सिमेण्टले अवश्य पिल्लर बलीयो र छानो बलीयो भने अवश्य मेव हुनै सक्दैन ।

त्यसैले राजा आउ देश बचाउ हैन युवा आउ देश बचाउ भन्नु सिक्नु पर्यो । ताजा जनशक्ती विदेशीने र जंग लागेका छड र कुहीएका सिमेण्टले देशको विकाश सम्भव भावी अवश्य हुदैन । कानुनमा ब्यवस्था गरौँ प्रत्येक वर्ष तय गरेका योजना प्रत्येक वर्ष पुरा होउन ।  त्यो पुरा गर्न नसक्ने ब्यक्ती वा सांसद जो सुकै तह तप्काका किन नहुन जनताले अर्को ब्यक्ती राख्न सक्ने प्रावधान लागु होश र कानुन र न्याय अनिणर्यको बन्दी नहनेश र देश भक्त राष्ट भक्त र राष्ट अश्तित्व बचाउन सक्ने दक्षजनशक्ती बाट योग्यता क्षमता र विज्ञ मान्छे मात्र राजनितीमा लाग्ने सम्विधानको निमार्ण होस् ।

बेला बेलाका स्वार्थ परक ब्यक्ती परक गृह परक पार्टी परक आन्दोलनको सदा अन्त्य होस भनी नेपाली जनताले बेला बेलामा दुख्ख पाउनु त छदैछ । भावी पिडीत पुस्तौँ पुस्ता फटाहाहरुको चंगुलमा अल्झिएर बस्नु पर्ने अवस्था नआउला भन्न सकिदैन । किनत भन्दा हामीले राणा देख्यौ, भोग्यौ, पन्चायत देख्यौ, भोगौ विचको प्रजातन्त्र देख्यौ, भोग्यौ गणतन्त्र लायौ अढाई वर्षमै देख्यौ, भोग्यौ अब जनताको अहम प्रश्न छ । आन्दोलन केका लागी आन्दोलन ब्यक्ती र ब्यक्तीका झोलेहरुका लागी गर्ने होइन आन्दोलन त देश विकाश उन्नती र देशमा कोही गरीव नरहुन भन्नका लागी गर्ने हो ।

त्यसैले कृर्षी क्रान्ती, शैक्षीक क्रान्ती, औद्योगीक क्रान्तीका आन्दोलन बाहेक र युवा स्वरोजगारीका आन्दोलन बाहेक पार्टी पार्टीका भतुवा झोले झाम्टेका लागी आनदोलन गरी जिवनको बलीदानी दीयो भने देश दुइई  सय वर्ष पछि विकाश मा धकेलीन्छ । र जनताले जती क्रान्ती गरे पनि आजका मिती सम्म हात लाग्यो विकाश मा शुन्ना भएझै अझै देश मिथ्या भाषणमा गृह मेघि, मृग माया को शिकार भईरहन्छन । यस्मा सम्मानीत अदालत दुधको दुध पानक पानीकाे छुट्याई गरीव जनता र राष्ट नेपालको लागी अहीलेको न्याय मा अन्याय हुन दीने छैन भनी जनता आशा वादी हुन र नेपाल राष्ट को सिर हिमाल झै उच्चो , गुराँस झै फक्रेको , गाई झै पवित्र , समुन्द्र झै उच्चो देख्न चाहान्छन । ओम देवकी नन्द नाय विद्धमये, बाशुदेवाय, तन्मो कृष्ण प्रचोदयात

  लेखक

रण बहादुर ऐरी

कार्यालय प्रमुख

खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

शाखा कार्यालय दैलेख