| १३ पुष २०७७, सोमबार २०:०९
दैलेख- नेपाली कांग्रेस दैलेखले सरकारबिरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै नेपाली कांग्रेस क्षेत्रिय कार्य समिती क्षेत्र नं१ ले आन्दोलन घोषणा गरेको छ ।
बिरोधमा संसद बिघटनमा जनअभिमत प्रकट गरौ भन्दै नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति कृष्ण कुमार बिशी लगायतका नेताहरु सरकारबिरुद्ध एकैसाथ आज दैलेख सदरमुकाममानारा जुलुसमा सहभागी बनेका थिए।