जाजरकोट, ।जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीमा प्रसुती भवन निर्माण कार्य सुरु भएको नौं वर्ष सम्म भबन बनेको छ्र्र्रैन । निर्माण कम्पनीको चरम लापरवाही कारण भवन नबन्दा सुरक्षित सुत्केरी सेवा प्रदान गर्न गाह्रो भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।
फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको छ । डेढ वर्षभित्र काम सम्पन्न गर्नेगरी २०६९ बैशाख २१ गते सम्झौता भएको थियो । एक करोड २७ लाख ११ हजार ६ रुपैयाँमा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहिन भएपछि भवन निर्माण पुरा हुन नसकेको संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जनाएको छ ।
कार्यालयमा भएको सम्झौता अनुसार वित्तियतर्फ १० दशमलव ०६ प्रतिशत र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालय प्रमुख निलमकुमार डङ्गोलले जानकारी दिए।फ्राइन्डस कन्स्ट्रक्सनका सञ्चालक पुष्प बजगाइले नेतादेखि बैंकसम्मले पैसा खाएका कारण काम गर्न नसकेको आरोप लगाए ।