☰ open Loading... 25 November 2024|  

आज पुस पन्ध्र – गुरुङ समुदायले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाउँदै
  | १५ पुष २०७७, बुधबार ०९:०५

आज बुधबार मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन विभिन्न जातजातिका पर्वहरु परेका छन् । आज सुदूरपूर्वका किरातदेखि कर्णाली प्रदेशको विकट क्षेत्रका बासिन्दाले समेत एकैदिन आ९आफ्ना पर्वहरु मनाउँदैछन् मंसिर वा पुसको पहिलो सातामा पर्ने धान्य पूर्णिमा यो वर्ष अधिकमासका कारण पुस १५ मा परेको हो ।गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

त्यसैगरी तिथिको साटो गते अनुसार हरेक वर्ष पुस १५ मा पर्ने गुरुङ जातिको ल्होछार पर्व आजकै दिन परेको छ ।आजको दिनलाई ‘पुषे १५’ को नाममा मनाउने गर्छन् । स्थानीय मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्व मनाउँदै आएको पाइन्छ । आज सबैभन्दा लामो र चिसो रात हुने मान्यताअनुसार साँझदेखि राति अबेरसम्म मीष्ठान्न परिकार बनाई खाँदै एकआपसमा भेला भएर रमाइलो गरी मनाउने चलन छ । बातै अर्थात लोककथाहरु सुन्नेरसुनाउने गरी राति अबेरसम्म रमाइलो गर्दै जाग्राम बस्ने गर्छन ।आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखुरसख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ ।