| १५ पुष २०७७, बुधबार १०:३४
बाँके। उपचारको क्रममा बाँकेमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना बाँकेका र एकजना बर्दियाका कोरोद्दा संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका(२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति साढे १० बजेतिर मृत्यु भएको छ । बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका(२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका(९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ ।