सुर्खेत,। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया शान्ति सिंह सहित उनकी सासु कौशिला सिंह पक्राउ परेका हुन ।

मङ्गलबार उनीहरुलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित सासु–बुहारीलाई पक्राउ गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा पाँच ग्राम १७० मिलिग्राम लागुऔषध
सहित २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
त्यसैगरी ‘सासु कौशिलाको कोठामा समेत खानतलासी गर्दा नौ ग्राम ८०० मिलिग्राम लागुऔषध भेटिएको हो।’
पक्राउ परेका दुई जनालाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
| १५ पुष २०७७, बुधबार १९:०४