☰ open Loading... 6 November 2025|  

सुन्तलाबाट जुस उत्पादन
  | १५ पुष २०७७, बुधबार १८:२९

जाजरकोट – बिक्री नभएका साना सुन्तलाबाट भने जुस उत्पादन थालिएको छ।बिक्री नभएका साना सुन्तला खेर जान नदिन जुस उत्पादन थालिएको हो। प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय ईकाइ जाजरकोटको सहयोगमा उत्पादन सुरु गरिएको कार्यालय प्रमुख पिताम्बेर बस्नेतले बताए। उनले भने, ‘ग्राहकले मन नपराई बिक्री नभएका साना सुन्तलाबाट जुस बनाउँदा सदुपयोग हुने अनुभव गरियो।