| १६ पुष २०७७, बिहीबार १०:२२
सल्यान – सल्यानको शारदा नगरपालिकाका १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका(४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए।आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।