☰ open Loading... 1 May 2024|  

राप्रपाको विरोध प्रदर्शन
  | १७ पुष २०७७, शुक्रबार १९:४०

काठमाडौं – राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै शुक्रबार विरोध प्रदर्शन तथा सभा गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेर राप्रपाले रत्नपार्कमा सभा गरेको हो ।

 

सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापित गर्न माग गरे । त्यसो हुन नसके जनताले सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनले चेतावनी दिए । अध्यक्षद्वय डा। प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले देशी विदेशी शक्तिको चलखेल बढेको भन्दै राजसंस्थाले मुलुकको अभिभावक लिने समय आएको बताए ।