नेपालगन्ज,। जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी बाँकेमा विभिन्न अपराधका घटनामा संलग्न भएका व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले हातहतियारसहित पक्राउ परेका व्यक्तिसहित अन्य अपराधमा संलग्न भएकाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले डुडुवा गाउँपालिका १ स्थित दिपक कुमार चौधरीलाई हतियारसहित पक्राउ गरेको छ । चौधरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरीको टोलीले उनैले संचालन गरेको पसलबाट खानतलासी गर्द चौधरीले कम्मरको दायाँतर्फ बेल्टले च्यापेर राखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले मोटरसाइकल चोरीमा संलग्न नेपालगन्ज ८ का विपिन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गणेशपुरको तन्नु पान पसल अगाडी रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वररको मोटरसाइकल विपिनले चोरेको अभियोग छ । भन्सार छली भित्र्याइएको विभिन्न सामाग्रीसहित एकजना पक्राउ परेका छन् ।
डुडुवा गाउँपालिका १ खडौचा नाका हुँदै भारतको रुपैडिया बस्नेत राहुल गुप्ता र सकिल खानले भारतीय नम्वरको मोटरसाइकलमा भन्सार छलि नेपाल ल्याउँदै गरेको मोवाइलका कभर, सिसि लगायतको १ लाख ३० हजारको सामान बरामद गरेको प्रहरीले फेला पारेको हो ।योसँगै बाँके प्रहरीले हालसम्म ४ सय ७८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
| २१ पुष २०७७, मंगलवार ०६:५८