☰ open Loading... 7 November 2025|  

खानेपानी मन्त्री थापालाई कालो झन्डा
  | २२ पुष २०७७, बुधबार १०:४१

 

जाजरकोट । खानेपानी मन्त्री मणि थापालाई अनेरास्ववियुले कालो झन्डाले स्वागत गरेका छन ।अनेरास्ववियुलेले दोस्रो चरणको आन्दोलन अन्तर्गत कामचलाउ सरकारका मन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम अन्तर्गत जाजरकोट बोहरामा खानेपानी मन्त्री मणि थापालाई कालोझन्डा देखाएको हो।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।