☰ open Loading... 16 November 2024|  

युवाहरु कालिज पालन व्यवसाय तर्फ आकर्षित
  | २७ पुष २०७७, सोमबार ०७:३९

सुर्खेत – पछिल्लो समय युवाहरु कालिज पालन व्यवसाय तर्फ आकर्षित भएका छन । मनग्य मुनाफा हुन थालेपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा कालिज पालन व्यवसायतर्फ आकर्षित भएका हुन । सुर्खेतमा शुरु गरिएको कालिज पालन व्यवसायले राम्रो आम्दानी लिन थालेपछि जुम्लामा पनि कालिज पालन व्यवसाय सुरु गरिएको छ ।

पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो । जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको सञ्चालक महाकृष्ण पाण्डेले जानकारी दिए । महालक्ष्मी कालिज फर्म खोलेर व्यवसाय सुरु गरिएको छ । स्वदेशमै स्वरोजगार सिर्जना गरी देशको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यसाथ व्यवसाय सुरु गरिएको पाण्डेले बताए ।