☰ open Loading... 26 February 2025|  

जुवा खेलिरहेको अवस्थामा समन्वय प्रमुखसहित पाँचजना पक्राउ
  | २ माघ २०७७, शुक्रबार १८:५९

सुर्खेत-जुवा खेलिरहेको अवस्थामा रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम मुसीकोट नगरपालिका–१, पातुखोलास्थित एक स्थानीयको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ परेका हुन।

पक्राउ पर्नेमा जिल्ला समन्वय प्रमुख गजेन्द्रबहादुर ओलि, रुकुम पूर्व पृथा उत्तरगंगा गाउँपालिका–५, का २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नम्बर १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७, का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१, का ३७ वर्षीय कमललाई प्रहरीले पक्राउ गरेको हो ।