☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

गायक जोसेफ शाहीको देउडा गीत ‘पियारी’ बजारमा
  |

लोकेन्द्र जिसी कुमार
दैलेख । युवा गायक जोसेफ शाही ठकुरीको देउडा गीत ‘पियारी’ सार्वजनिक भएको छ ।
जोसेफ शाही ठकुरीको शब्द सिर्जनामा रहेको गीतमा कोशिष क्षेत्रिले संगीत भरेका हुन् ।



गरिबीले थिचिएपछि केहि विकल्प नभेटेर धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी धर्मपत्नीलाई सम्झाइरहेको कथाबस्तु गीतमा भेटिन्छ ।

दिवंगत अभिनेता श्रृकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वति फुयाँल, रत्न डंगोल, रामहरी थापा र रञ्जित मगरको भिडियोमा अभिनय देख्न सकिन्छ ।

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन् भने लाइमलाइट नेपाल युट्युव च्यानलबाट बिहिबार गीतको भिडियो सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस्

 



प्रकाशित मितिः शनिबार, माघ ३, २०७७     8:42:51 AM