| ८ माघ २०७७, बिहीबार १९:१६
यामराज बिष्ट दैलेख,
दैलेख सदरमुकाममा सडक नै छुने गरि राखीएका सामानहरु हटाउन प्रहरीले चेतनामुलक कार्यक्रम गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेख र ट्राफिक प्रहरी कार्यालय दैलेखले संयुक्त रुपमा चेतनामुलक कार्यक्रम गरेका हुन् । उनीहरुले दैलेख सदरमुकामको काँडाचौरदेखी विद्युत कार्यालयसम्म चेतनामुलक कार्याक्रम गरेका थिए । बजार साँगुरो त्यसमा पनि ब्यापारिहरुले सडकमै जोडेर सामाग्रीहरु राखेपछि हिडदुलमा सकस भएको थियो । सामान सडकमै छोएर राखीएसंगै गाडी र स्थानीयहरु हिड्न समेत गाह्रो हुने गरेको छ । निर्माणदेखी पसलमा विक्रि गर्ने सामान बाहिरै राखेका लागि यातायात तथा स्थानीयहरुलाई गाह्रो भएकोले भित्र राख्नका लागि चेतनामुलक कार्यक्रम गरिएको दैलेख प्रहरीले जनाएको छ ।