☰ open Loading... 18 April 2024|  

प्रधानमन्त्री ओलीको बाँदर अंकित झण्डा र बयलगाढा चुनाव चिन्ह हुन्छः प्रकाश ज्वाला
  | ८ माघ २०७७, बिहीबार १९:३६

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँदरे प्रवृत्ति देखाएको बताएका छन् । बिहीबार सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको माधव–प्रचण्ड समूहको भेलालाई सम्बोधन गर्दै उनले एकताबद्ध भएको पार्टीलाई विभाजनको मुखसम्म प्रधानमन्त्री ओलीले पु-याएको बताए ।

आगामी चुनावमा केपी शर्मा ओली समूहले शून्य सिट प्राप्त गर्ने भन्दै उनले भने, ‘चुनावपछि प्रधानमन्त्री ओली समूहलाई टर्च लगाएर खोज्नु पर्छ ।’ नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिन्ह सूर्य र झण्डा माधव–प्रचण्ड समूहले आधिकारिकता पाउने भन्दै उनले ओली समूहको झण्डामा बाँदर अंकित झण्डा हुने र बयलगाढा चुनाव चिन्ह हुने बताए ।