| १० माघ २०७७, शनिबार ०७:१३
रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ गोराखरे भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।
३० वर्षीया महिला र दुई वर्षीया बालिकाको गोराखरे भिरको गोरेटो बाटोदेखि दुई सय मिटर तल भिरालो जमिनमा अडिएको अवस्थामा शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यस्तै रोल्पाकै गङ्गादेव गाउँपालिका ३ बडाढुंगाका ४९ वर्षीय महेशकुमार केसीको रुखले च्यापेर ज्यान गएको छ ।