☰ open Loading... 17 November 2024|  

कमिसन दिनुपर्छ भन्दै स्थानीय युवाले धम्काउन थालेपछि रोकियो राजमार्गको काम
  | २६ माघ २०७७, सोमबार १९:५६

दैलेख-नेपालको गौरवको योजनामध्ये पुष्पलाल ९मध्यपहाड० राजमार्ग निर्माणको काम असुरक्षाका कारण जाजरकोट खण्ड रोकिएको छ । स्थानीय युवाहरुले निर्माण स्थलमा तरवार र खुकुरी लिएर चन्दा माग्दै कामदार र ठेकेदारलाई धम्काउन थालेपछि असुरक्षा देखाउँदै दुई दिनदेखी काम रोकिएको हो ।

गाउँमा विकास निर्माण गर्दा ठेकेदारले कमिसन दिनुपर्ने भन्दै धम्काउन थालेपछि निर्माण कम्पनी रौताह पिके डट धुलीखेल जेभीले पुष्पलाल मध्यपहाड राजमार्गको योजना कार्यालय दैलेखमा सुरक्षा व्यवस्था मिलाउन पत्र समेत पठाएर काम रोकेको योजना कार्यालयले जनाएको छ । स्थानीय युवाहरु अर्जुन विसी, कृष्ण विसी लगायतका ४ जना युवाहरुले सडक निर्माणमा खटिएका मजदुर र ठेकेदारलाई बारम्वार धम्काउने गरेको निर्माण कम्पनीले पुष्पलाल ९मध्यपहाड० राजमार्ग योजना कार्यालय दैलेखमा दिएको निवेदनमा उल्लेख छ । छेडागाड नगरपालिका –४ जेवाकोटदेखी २ नम्वर वडा दशेरा– दुनीसम्म भैरहेको काममा यूवाहरुले धम्काउने गरेको हुन् । वडाअध्यक्ष सहितको टोलीले छलफल गरि काम गर्ने बातावरण तयार गर्न लागेको ईलाका प्रहरी कार्यालय दशेरा जाजरकोटले जनाएको छ ।

भ्याट सहित ५० करोड ३७ लाख ६ हजार ४३ रुपैँयामा सम्झौता गरि कम्पनीले दैलेख सिमादेखी छेडागाड नगरपालिकाको दुनीसम्म काम गरिरहेको छ । काम गर्ने कामदार र ठेकेदारलाई यूवाहरुले तरवार र खुकुरी लिएर त्यहाँ रहेका मेशिनहरु जलाउने धम्की दिएको कामदारबाट गुनासो आएको योजना कार्यालयका सव ईन्जिनियर राजेश चौधरीले बताए । निर्माण कम्पनीले सडक चौडा गर्ने, पखाल लगाउने कार्य लगायतका कामहरु भईरहेका छन् । अरु ठाउँमा कालोपत्रेको तयारी भईरहेको छ । काम हुन नसकेको भाग भएकाले अहिले दु्रत गतिमा जाजरकोट खण्डमा भईरहेको छ ।

यूवाहरुले काम गर्ने स्थालमा विवाद गरेको खवर चौकीमा आएपछि आफुहरुले उनीहरुलाई झिकाएर छलफल गर्ने सुरक्षा अनुभुती गरेर काम गर्ने बातावरण तयार गर्ने ईलाका प्रहरी कार्यालय दशेराका ईन्चाज असई कमानसिह राम्जालीले बताए । पुष्पलाल ९मध्यपहाड० राजमार्ग योजना कार्यालय दैलेखले कामदार र ठेकेदारहरुलाई सुरक्षा अनुभुती हुने बातावरण गराउन प्रमुख जिल्ला अधिकारी मार्फत ध्यान आर्कषण गर्ने जनाएको छ ।नागरिक दैनिकबाट