सुर्खेत । नेपाली राजतन्त्रलाई समाप्त गरेर जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ माओवादी जनयुद्धमा जाने अन्तिम तयारीमा थियो । आन्तरिक र बाहिरी तयारी सुविचारित र सुव्यवस्थित ढंगले सम्पन्न गरेर नै फागुन १ गते एकैसाथ सिन्धुली, गोरखा, रोल्पा र रुकुमबाट फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणा गर्ने माओवादीको तयारी ग¥यो । रुकुमको नेतृत्व माओवादीका तत्कालीन जिल्ला सहायक इन्चार्ज गणेशमान पुनले मौका पाए ।
त्यतिबेला क्षेत्रीय ब्यूरो ९रामबहादुर थापा बादल ब्यूरो थिए० ले गणेशमान पुनलाई रुकुमको आठबीसकोटमा रहेको प्रहरी चौकीमा फौजी कारबाही गर्ने टोलीको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको थियो । क्रान्ति र संघर्षको मैदानमा होमिएका पुनका लागि यो जिम्मेवारी चुनौती मात्रै थिएन सिंगो पार्टीको अभियानसँग जोडिएको थियो । ‘उक्त जिम्मेवारी पाउँदा मैले गर्वको महसुस गरेँ,’ उनले भने । पार्टीले फागुन १ गते राति दुलीको खोलाखेतमा जम्मा हुने निर्देशन गरेको थियो । अस्ताउँदो सूर्यसँगै योद्धा ९लडाकु० खोलाखेतसम्मको यात्रामा हिँडे । गणेशमान पनि पीपल, छिन्खेत हुँदै खोलाखेत पुगे । त्यहाँ पुग्दा केही साथीहरुको जमघग भइसकेको थियो । अरु साथीहरु पनि आउनु भयो । करिब ३०÷३५ जनाको संख्यामा थियौं । हामीसँग हतियारका नाममा भरुवा बन्दुक मात्र थियो । अरु घरेलु हतियार मात्रै थियो । पार्टी इन्चार्ज क। सुदर्शन ९हेमन्तप्रकाश ओली० ले राजनीतिक प्रशिक्षण दिनुभयो । त्यतिबेला सबैलाई जिम्मेवारी पूर्वक लडाइँ लड्ने भन्ने निर्देशन भयो ।
उच्च मनोबल र विद्रोही भावना लिएर हामी जनयुद्धको प्रथम लडाइँमा पाइला चाल्यौं । हाम्रासामू ठूलो चुनौती थियो । दुस्मन ९प्रहरी० सँग हातहतियार थियो । तर राजनीतिक प्रशिक्षणबाट ति हातहतियारभन्दा घरेलु हतियार नै शक्तिशाली र प्रभावकारी भन्ने कुरा मस्तिष्कमा घुसेको थियो । खोलीखेतबाट हिँड्को टोली बीच बाटोमा कयौं अप्ठ्यारा परिस्थिति चिर्दै आठबीसडाँडागाउँको बार्खुमा पुग्यो । मध्य रात भएकाले गाउँ सुनसान थियो । बार्खुमा टोलीले अन्तिम प्रशिक्षण पायो । त्यहाँ टोलीको नेतृत्व गरेको मैले प्रशिक्षण र निर्देशन दिएको थिएँ । त्यहाँ चार समूहमा विभाजन हुने गरी जिम्मेवारी बाढियो ।
यज्ञश्वर शर्मा ९हाल सहिद०, दौलत घर्ती ९हाल सहिद०, मेघबहादुर श्रेष्ठ र महेश्वर गहतराजले एक÷एक समूहको नेतृत्व गरे । यसको प्रमुख नेतृत्वकर्ता मै थिएँ । त्यतिबेला टाढाबाट ढुंगामुडा र हातहतियार प्रयोग नगर्ने भन्ने थियो । किनकी हामीले हानेको हतियार उनीहरुसम्म पुग्न सक्दैन्थ्यो । उनीहरुले हानेको गोली हामीसम्म पुग्न सक्थ्यो । त्यसैले हामीले ‘सरप्राइज’ ९उपहार० दिने गरी कब्जा गर्नुपर्छ भन्ने रणनीति लियौं । त्यो भनेको प्रहरी सुतेको बेला एक्कासी गएर समाउने । त्यतिबेला रेडी अप्रेसन कमान, गो अट्याक भनेपछि मात्र एकसाथ कब्जामा जाने भन्ने निर्देशन गरेको थिएँ । सोहीअनुसार हाम्रो टोली प्रहरीचौकीतिर उन्मुख भयो । त्यहाँ करिब ढेड घण्टाजति तयारी गर्यौं । झमक्कै रात परेकाले प्रहरी सुतेका थिए । ब्यारेक थियो । नजिकै प्रमुख सुत्ने छुट्टै, हिरासत र परिवारसहितका प्रहरी बस्ने छुट्टै थियो । सोहीअनुसार हामी विभाजित थियौं ।
प्रहरीचौकी पुग्नुभन्दा पहिला त्यहाँ हाम्रो एउटा समूह थियो । त्यसले हामीलाई त्यहाँको अवस्थाका विषयमा जानकारी दिन्थ्यो । सबै सुतिसकेको अन्तिम जानकारी आएपछि हामी प्रहरीचौकी पुग्यौं । मैले ‘रेडी अप्रेसन कमान, गो अट्याक’ भन्नेबित्तिकै अरु साथीहरुले ढोका फोरेर भित्र पस्नु भयो । प्रहरी सुतेका थिए । त्यही अवस्थामा समात्दा प्रहरीहरुले प्रतिकार गर्न पाएनन् । मैले उनीहरुलाई सम्झाएँ । आजदेखि जनयुद्धको सुरुवात भयो । इतिहासको जिम्मा जनताको हातमा आएको छ । यसमा सहयोग गर्नूस् भन्दै सम्झाए । त्यतिबेला हामीले हत्या गर्ने मनसायले धम्काएनौं । बरु चिसो हुँदा सिर आढाएर प्रशिक्षण दियौं । हामीले आक्रमण गर्दा करिब दुई बजेको हुँदो हो । प्रहरीचौकी कब्जा गर्न भने समय लागेन । दोहोरो भिडन्त भएको भए लामो समय लाग्न सक्थ्यो । त्यहाँ गएर सुतेकालाई सीधैं कब्जा गर्दा समय नै लागेन ।
कार्यालयमा भएका विस्फोटक पर्दाथ, हातहतियार र कागजात हामीले कब्जामा लियौं । प्रहरीका व्यक्तिगत सामान, पैसा, कपडा फिर्ता दियौं । जनता पनि प्रहरीचौकीसम्म पुगे । हाम्रो अभियानलाई हौसला दिए । शाहीसत्ताको निरंकुश व्यवस्थाले आजित जनताले हामीलाई धन्यवाद दिँदै त्यहाँबाट बिदाइ गरे । पहिलो फौजी कारबाही सफल भएपछि हामी गिजाँगाढतिर हिँड्यौ । त्यतिबेला मिरमिरे उज्यालो छाउन सुरु गर्न लागेको थियो । त्यही मिरमिरे उज्यालोसँगै हाम्रा खुसी पनि पोखिँदै थिए । प्रहरीचौकी कब्जा हुँदा मैले पाएको जिम्मेवारी एकखालको पूरा भएको अनुभूति भयो । तर राजतन्त्रलाई समाप्त गरेर जन गणतन्त्र स्थापना गर्ने कयौं आन्दोलन बाँकी नै थिए । सुरुवाती सफल भएकाले मन प्रफुल्ल भयो ।
त्यतिबेला महिलाहरु पनि सहभागी थिए । कमला रोका, नारायणी शर्मा, लालकुमारी रोकालगायत सहभागी थिए । हाम्रो जनयुद्धको पहिलो फौजी कारबाही सफल भएपछि पार्टी नेतृत्वले हामीलाई धन्यवादसँगै अझ ठूलो मनबल बनाइदियो । जनयुद्ध घोषणा हुँदाको पहिलो फौजी कारबाहीको नेतृत्व मैले गर्न पाएँ र सफल पनि भए । जीवनको पहिलो सुखी त्यही विजयको क्षण थियो । हामी जनतालाई जनताको शासन दिन चाहन्थ्यौं । मेरो आजसम्मको अध्ययन र अनुसन्धानमा विश्व इतिहासका कुनै पनि क्रान्ति यति विस्तृत तयारी र योजनाबद्ध ढंगले सुरु गरिएका छैनन् । उक्त जनयुद्ध २०५२ फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म चलेको थियो । ९फौजी कारबाहीसहित क्रान्तिकारी जनयुद्ध प्रारम्भको घोषणाका लागि रुकुम पश्चिमको आठवीसकोटमा रहेको प्रहरीचौकी कब्जा गर्न नेतृत्व गरेका गणेशमान पुनसँग गरेको कुराकानीका आधारमा ।० साभारः नागरिक दैनिक