☰ open Loading... 6 November 2025|  

हवाई भाडादर घटाउन माग
  | २ फाल्गुन २०७७, आईतवार १९:३३

डोल्पा – हवाई भाडादर बढेको भन्दै भाडादर घटाउन माग गर्दै डोल्पाली युवा सिंहरबार पुगेका छन्। निजी वायुसेवा कम्पनीले नेपालगन्ज–डोल्पाका लागि एकतर्फी रुपमा वृद्धि गरेको हवाई भाडादर समायोजनका लागि उनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाएका छन्। डोल्पाका लागि दैनिक उडान भर्ने समिट, तारालगायत निजी विमान कम्पनीले बिनासूचना मनोमानी भाडा बढाएको भन्दै उनीहरूले घटाउन माग गरेका छन्।