| २ फाल्गुन २०७७, आईतवार १९:५०
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतको आयोजनामा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद् विघटनका विरुद्ध विरोध सभा गर्ने भएको छ । विरोध सभाका लागि अन्तिम तयारी भइरहेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।
नेपाली कांग्रेसले भोलि ७७ जिल्लामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध विरोधसभा हुने नेपाली कांग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले जानकारी दिए । कार्यक्रममा सहभागी हुन सभापती रेग्मीले कार्यकर्तालगायत अन्य सबैलाई अपिल गरेका छन् ।