☰ open Loading... 6 November 2025|  

मा.वि. स्तरिय दोहोरी प्रतियोगिता सम्पन्न
  | ४ फाल्गुन २०७७, मंगलवार २०:३५

दैलेख-नेपाल बिधार्थी संघ विजया मावि ईकाई समिति दुल्लू को आयोजना र नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति निबाचन क्षेत्र नं।२ दैलेखको पुरस्कार व्यबस्थापनमा वसन्त पन्चमीको अबसरमा माध्यामिक बिध्यालय स्तरिय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । एक समारोहका बिछ १४ वटा टिमको सहभागीतामा दुल्लू नगर भित्रका मावि बिधालयको सहभागितामा लोक दोहोरी प्रतियोगीता सम्पन्न भएको छ । नेविसंघका अध्यक्ष निराजन खवासको अध्यक्षतामा सन्चालित कार्यक्रमको प्रमुख अतिथि भरत प्रसाद रिजाल विशेष अथिती घनश्याम भण्डारी अथिती ज्ञानमणी नेपाल टंकप्रसाद रिमाल तुलसी प्रसाद उपाध्याय हरी थापा केशब बहादुर भण्डारी दिपक बिक जनक बहादुर कार्की , कमल भण्डारी, सुनिल लम्साल , लक्ष्मी थापा ,पवन योगी को आतिथ्यता रहेको थियो। प्रथम स्थान बिजया माबी छात्रा समूह, दितिय स्थान सुर्योदय माबी को छात्रा समूह तृतिय महेन्द्रजयदेब मबिको छात्र समूह रहेको छ। प्रथम लाई ८ हजार दितिय लाई ७ हजार र तृतियलाई ६ हजार नगद पुरस्कार बितरण गरिएको नारायण रिजालले जानकारी दिए।