☰ open Loading... 28 November 2025|  

कारागारमा बसेका सन्तान बुवाआमासँगै बाहिरएपछि खुला आकाशमा
  | ७ फाल्गुन २०७७, शुक्रबार १८:४५

सल्यान : आमाबुवासँगै कारागारमा बस्दै आइरहेका पाँच बालबालिका खुला आकासमा बस्न बाध्य भएका छन्।  आमाबुवाले गरेको गल्तीका कारण कारागारमै बस्दै आइरहेका पाँच बालबालिकाहरु प्रजातन्त्र दिवसको अवसरमा आमाबुवासँगै बाहिर आउँदा बेघर भएका हुन्।

घरमा संरक्षकको अभाव हुँदा उनीहरू कारागारमा बुवाआमासँग बस्दै आएका थिए। कारागार प्रमुख बलबहादुर केसीका अनुसार उनीहरूका बुवाआमा बहुविवाह मुद्दाका कारण कारागार जीवन भोगिरहेका थिए।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा सल्यान करागारबाट सात कैदीबन्दीको कैद मिनाहा भएको छ। बहुविवाह र कर्तव्य ज्यान मुद्दाका सात कैदीबन्दीको कैद मिनाहा गरिएको हो।