☰ open Loading... 17 November 2024|  

मनपरी धारा वितरण गरेको आरोप
  | ७ फाल्गुन २०७७, शुक्रबार १८:५९

सुर्खेत- सहज रुपमा खानेपानी आपुर्ती गर्न नसकिरहेको गुनासो आईरहेर्को बेला सुर्खेत उपत्यकता खानेपानी संस्थाले संस्थाले मनपरी रुपमा धारा वितरण गरेको भन्दै संस्थाकै पदाधिकारीले आपत्ती जनाएका छन।उनिहरुले संस्था भित्रभएको वेथित तथा पुरानो सम्झौतालाई कार्यान्यवनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय सहित विभिन्न ठाँउमा ज्ञापन पत्र समेत बुझाँएका छन।
संस्थाका उपाध्यक्ष दिपे सार्की, सचिब चन्द्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमद्धारा हस्ताक्षर वि ज्ञप्ती सम्बन्धित निकायमा बुझाँइएको हो।
उनिहरुले विगत तिनबर्ष अघिदेखी नयाँ धारा जडानका लागिदर्ता गरिएका आवेदन फारमहरुको रोलक्रम अनुसार धारा वितरण नगरी आफु निकटकालाइ वितरण गरिएको आरोप लगाएका छन।उनिहरुले संञ्चालक समितिको अवधि सकिदापनि पदाधिकारीले संस्थाको सम्पति दुरुपयोग गरेको आरोप समेत लगाएका छन।

संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले खानेपानी उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि छलफल गरिदिन यहाँका राजनितिकदल,नागरिक समाज,प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयलाई आग्रह समेत गरेका छन।
उहाँले संस्थामा उत्पन विवादकै कारण सुर्खेत उपत्यकावासीले चहाना र आबश्यकता अनुसारको खानेपानीको उपभोग गर्न नपाएको बताउनुभयो।
संञ्चालक समितिको अबधि सकिएको दुइबर्ष भईसकेको अवस्थामा पनि मनपरी रुपमा संस्थाको गतिविधि गरिरहेको उहाँको भनाइ छ।
यसअघि संस्थामा उत्पन्न विवादलाइ संवाद समुहको समन्वयमा जिल्लास्थित सर्वदलिय सर्वपक्षीय बैठक आयोजना गरेर संस्थाको कामर्लाई प्रभावकारी बनाउने निर्णय गरिएको थियो।यस्तै संस्थाको आर्थिक भार कम गर्न स्थानियतह वा प्रदेश सरकारलाई हस्तान्तरण गरी तीन महिना भित्र संञ्चालन गर्ने निर्णय भएपनी हालसम्म कार्यान्वयनमा भएको छैन।यसैबीच कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन लागेसंगै खानेपानीको अभाव भएको स्थानिय नागरिकहरुको भनाई छ।