☰ open Loading... 21 December 2024|  

दैलेखमा मनपरि नदीजन्य पदार्थ उत्खनन्(भिडियो सहित)
  | ७ फाल्गुन २०७७, शुक्रबार १९:४१

 

दैलेख, फागुन ७ – नारायण नगरपालिका मार्फत ठेक्कामा लिएका ब्यक्तिहरुले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) विपरित विच खोलाबाटै नदीजन्य पदार्थ झिकेको पाईएको छ । लोहोरे खोला र छामघाट खोलाको विच भागबाट नदीजन्य पदार्थ उत्खनन् गरेको पाईएको हो ।विच खोलामै डोजर चलाएर उत्खनन् गरिदाँ समेत सम्झौता गर्ने नारायण नगरपालिका रमिते बनेको छ । उनीहरुले जनप्रतिनिधिहरुकै आडमा मनपरि रुपमा उत्खनन् गरेको पाईएको छ । शक्तिको आडमा उनीहरुले सामान्य मापदण्ड समेत पुरा नगरेर खुलम्खुला पुल नजिक र नदिभित्रबाटै उत्खनन् गरेको हुन् ।

 

क्याप्सन ः लोहोरे खोलास्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग पुल छेउमा नदिजन्य पदार्थ निकालिदै । २) छामघाट खोलाविचमै डोजर चलाएर मापदण्ड विपरित नदिजन्य पदार्थ निकाल्दै । तस्विर ः गोविन्द केसी

 

नगरपालिकाले लोहोरे खोलामा दिपक शाही र छामघाट खोलामा रोहन कटुवालको नाममा ठेक्का सम्झौता गरेको छ । शाहीले ६ लाख ७१ हजार र कटुवालले ३ लाख ८६ हजार २ सय ९० रुपैँयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाको राजश्व शाखाले जनाएको छ । ठेकेदारले दुवै खोलाबाट कुनै पनि मापदण्ड पुरा नगरेर हाकाहाकी पुल र विच खोलामा नदिजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।
अनुगमनको जिम्मेवारी पाएको जिल्ला समन्वय समिति दैलेखले आफुले बारम्वार आइइईं विपरित उत्खनन नगर्न चेतावनी दिएपनि सुनुवाई नभएको निरिह जवाफ दिने गरेको छ । लोहोरे खोलामा र छामघाट खोलामा आइइईमा कहाँ कति मात्रामा निकाल्ने स्पष्ट तोकेको हुन्छ तर, सम्झौतामा कुनै कुरा उल्लेख गरिएको छैन् । कहाँबाट कति घनमिटर निकाल्न मिल्ने कुनै पनि कुरा सम्झौतामा उल्लेख छैन् । कहाँ कति भन्दा पनि एकमुष्ट ठेक्का दिएको राजश्व शाखाले जनाएको छ । नगरपालिकाले गरेको ७ वटा बँुदामा ठेकेदारले कुनै पनि बुँदाको पालना गरेको देखीदैन् । अन्धाधुन्दा ढुंगा बालुवा उत्खनन्ले खोलाको सतह घटेको छ । उत्खनन् नगरपालिकाले ब्यक्ति मार्फत ठेक्का गरेको हो । उत्खनन् कसरी भईरहेको छ त्यसको बारेमा तत्काल अनुगमन गरिने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताए । ठेकेदारले आफुहरुले सम्झौताअनुसार नै निकालेको दावी गरेका छन् ।

 

हेर्नुस् भिडियो