☰ open Loading... 9 October 2024|  

घाँस बेचेर ७ लाख आम्दानी
  | ८ फाल्गुन २०७७, शनिबार ११:११

सल्यान- कालिमाटी गाउँपालिका(५, दमदुवालीका सुरेशकुमार गाहामगर पेशाले शिक्षक हुन्‌। उनी गाउँ नजिकै रहेको कृष्ण माध्यमिक विद्यालयमा कार्यरत छन्‌। विगत पाँच वर्षदेखि व्यवसायिक घाँस खेती गर्दै आइरहेका गाहामगरले घाँस बिक्रीबाट मात्रै वार्षिक ७ लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन्‌। मगरले ३० रोपनी क्षेत्रफलमा व्यवसायिक घाँस खेती गरेका छन्‌।

​बिहान र बेलुकाको समयमा घाँस बारीमा जाने गरेका उनी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रूपमा सन्तुष्टि समेत मिल्ने गरेको बताउँछन्‌। उनले भने, ‘दिनभर विद्यालयमा साना बालबालिकालाई पढाउँदा थकाई लागेको हुन्छ, तर बेलुका घाँसबारीमा पुग्दा दिनभरको थकान हराउँछ।’३० रोपनीमा उनले सुपर नेपियर, सिओ फोर, पासपालन, सुम्बा सेतरिया र मुलाटो लगायत घाँस रोपेका छन्‌। उत्पादन भएको घाँसको बजारीकरणमा कुनै समस्या नहरेको उनले बताए।