☰ open Loading... 21 December 2024|  

विद्यालयको सामाजिक परिक्षण सम्पन्न
  | १२ फाल्गुन २०७७, बुधबार ०८:५२

 

यामराज बिष्ट दैलेख- बडाभैरब आधारभुत विद्यालय नारायण नगरपालिका११ जुफियाले सामाजिक लेखा परिक्षण तथा अभिभावक भेला सम्पन्न गरेको छ। विद्यालयले आर्थिक वर्ष २०७६।०७७को सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परिक्षण तथा अभिभावक भेला गरिएको विद्यालयका प्रधानाध्यापक मनसरा थापाले जानकारी दिनुभयो ।

विद्यालयमा सुशासन कार्य गर्न, सरोकारवालाको विद्यालय प्रति अपनत्वको विकास गर्न, विद्यालय शासनका उत्तरदायित्व अभिवृद्धि गर्न, विद्यालयको समग्र गतिविधिको समिक्षात्मक लेखा जोखा गर्न र विद्यालयको भावि कार्यदिशा पहिचान गर्नका लागि सामाजिक लेखा परिक्षण गरिएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।
यसैगरि बैठकमा आगामी दिनमा विद्यालयलाई अगाडी बढाउनको लागि सल्लाह सुझावहरु आएको र त्यसलाई विद्यालयले सुझाब सल्लाहलाई पालन गरेर कार्यान्वयन गर्ने बताउनुभयो ।

विद्यालयको शैक्षिक, भौतिक, आर्थिकको बारेका प्रकाश पार्दै आर्थिक वर्ष २०७६÷०७७ को२६लाख४१हजार८सय८५रुपैया
बराबरको आय तथा २५लाख १८हजार५सय८४ रुपैया रुपैयाको व्याय सार्वजनिकि प्रधानाध्यापक थापाले गरेकी थिईन ।साथै थापाले विद्यालयको प्रगतीको लागि बिद्यालयको कार्य क्षेत्रका अभिभावकलाई सहयोग पुर्याउन अनुरोध गर्नु भएको थियो।

त्यसैगरी विद्यालयको सम्पुर्ण विकासको लागि नगरसरकारको तर्फबाट हुने हरेक किसिमको सहयोग गर्ने नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले बताउनुभयो । नगरसरकाले शिक्षा क्षेत्रमा सुधार तथा गुणस्तारिया शिक्षा सुधारको लागीतयार रहेको नगरप्रमुख खड्काले बताउनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश सभन सदस्य अमर बहादुर थापाले शिक्षा क्षेत्रलाई सुभार गर्नको लागि अझै धेरै काम गर्नु पर्ने बताउनुभयो । नमुना विद्यालय बनाउनको लागि सबै संग हाते मालो गरेर बढ्न आग्रह गर्नु भयो। अभिभावक संघका अध्यक्ष बिर बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उत्कृण्ट काम गरेको भन्दै शिक्षक भीम बहादुर बिष्टलाई सम्मान गरिएको थियो ।