☰ open Loading... 21 December 2024|  

युवाहरुले थाले सरसफाइका लागि ‘साझा अभियान’
  | १६ फाल्गुन २०७७, आईतवार ११:०३

सुर्खेत ।युवाहरुले मिलेर वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न ‘साझा अभियान’ थालेका छन् । जिल्लास्थित विभिन्न संघ(संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् ।अभियानअन्तर्गत शनिबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ । प्रदेश सरकारले क्वारेन्टिन हटाएको दुई महिना बित्दा पनि उक्त क्षेत्रको सरसफाइ हुन सकेको थिएन । फोहोर उठाउने युवाहरुले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरेका छन् ।फोहोर उठाउने काममा वीरेन्द्रनगर नगरपालिकाले पनि सहयोग गरेको साझा अभियानका संयोजक अनिल ढकालले बताए ।